वासिङ्टन [अमेरिका]
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन्। “रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो् भने यो रुसको लागि विनाशकारी हुनेछ” बाइडेनले भने ।
हाम्रा साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पु-याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ‘रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन’, बाइडेनको थप चेतावनी छ। तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बताएका छन् ।
“उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन। मेरो अनुमान छ कि उनी भित्र जान्छन्। उनले केही गर्नुपर्छ,” बाइडेनले सोभियत पछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भने। “उनी चीन र पश्चिम बीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन्।”
राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।
एएनआई
© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.