www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी बैंकद्धारा थप तीन शाखा विस्तार

पोखरा ।

गण्डकी विकास बैंक लिमिटेडले थप ३ नँया शाखा विस्तार गरेकोे छ ।

बंैकले चन्दननाथ न.पा.वडा नं. ५ खलंगा स्थित जुम्ला शाखाको औपचारिक उद्घाटन गर्नुका साथै पोखराको बाझापाटन र काठमाण्डौको मैतिदेवि शाखाबाट वित्तीय कारोवारको शुभारम्भ गरेको छ । यो सगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ ।

जुम्ला शाखाको औपचारिक उद्घाटन चन्दननाथ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन सिंह कठायत र बैंकका सञ्चालक नारायण बहादुर बानियाले संयुक्त रुपमा रिवन काटेर गरेका थिए । आफ्नो मन्तव्य व्यक्त गर्र्दैे वडा अध्यक्ष कठायतले जुम्लावासीले पक्कै पनि गण्डकी विकास बैंकका सेवा सुविधाको लाभ लिने र बैंकको उपस्थिति फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, जुम्ला उद्योग वाणिज्य संघका महासचिव श्री अनिल रोकाय, समाजसेवी तथा पूर्व बैंकर खुमीलाल रोकाय, जिल्ला सहकारी संघका प्रतिनिधि हिक्मत बुढथापा, पत्रकार महासंघ जुम्लाका सदस्य तथा नेपाल टेलिभिजन जुम्लाका सम्वाददाता कर्ण भण्डारी, लगायत पत्रकार,समाजसेवी तथा स्थानिय वासिन्दाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा व्यापारी तथा समाजसेवी मिन प्रसाद पौडेल तथा जुम्ला उद्योग वाणिज्य संघका महासचिव अनिल रोकायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकको गतिविधिको बारेमा प्रष्ट पारेका थिए ।

यो सँगै बैंकका ९१ वटै शाखाहरुबाट पूर्ण वैकीङ्ग सुविधा प्रदान भैरहेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, कर्जा प्रवाह गर्नुका साथै ABBS, ATM, ECC/IPS, C-ASBA, MOBILE बैंकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.