www.tandavnews.com
Fact ~ In search of truth

डेंगु फैलाउने लामखुट्टेको खतरानक दुई वटै भाइरस पोखरामा

कस्ता लक्षण देखिन्छन् ? कसरी बच्ने ?

पोखरा
ताण्डव न्यूज ।

पोखरामा डेंगुको संक्रमण दर नियन्त्रण भन्दा बाहिर नै छ । कास्की सहित देशका ४० वटा भन्दा धेरै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । पोखरामा डेंंगु फैलाउन सक्रिय लामखुट्टे एजिप्ट एजिप्टआईको दुबै प्रजाती सक्रिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेश प्रसाद अधिकारीले जानकारी दिए ।

‘डेंगु सार्ने एडिस एजिप्टआई लामखुट्टे पोखरामा सक्रिय छ । यसको नेपाली नामाकरण टाइगर मस्क्यूटो राखिएको छ,’ उनले भने, ‘यो लामखुट्टे अरु भन्दा फरक छ । यो लामखुट्टेले बाघले जसरी नै एक्कासी आएर टोक्ने, एउटालाई टोकेपछि अर्काे,अर्काेलाई टोक्दै जाने गर्छ । अरु लामखुट्टेहरु एकपटक टोकेर रगत चुसेपछि अरुलाई टोक्दै हिँड्दैन ।’ डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो ।

Batas

गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण रहेको आशंका गरिएको छ । गण्डकी प्रदेशको कास्की, स्याङ्जा, नवरपरासीमा यसको संक्रमण भएका विरामी भेटिइसकेका छन् । कास्की सबैभन्दा जोखिममा छ ।

कास्कीमा डेंगुको संक्रम हुनेहरुको संख्या ५०० पुगिसकेको छ । कास्कीका १७ जना ट्राफिक प्रहरीलाई यसको संक्रमण भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु उपचाररत छन् । पोखरामहानगरका ८ र ९ वडा उच्च जोखिममा छन् । अन्य वडाहरूमा पनि यसको संक्रमण भएको भेटिएका छन् । पोखरामा डेंगुको लागि सबैभन्दा जोखिम मानिएको क्षेत्र पृथ्वीचोक आसपास ट्राफिक ब्यवस्थापनमा खटिने ट्राफिकहरुमा डेंगुको संक्रमण देखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए । प्रहरीले आन्तरिक शिविर गरेर डेंगुको परिक्षण समेत गरिसकेको छ ।

डेंगुको नियन्त्रणको लागि गण्डकी सरकारले २१ लाख रुपैँया विनियोजन गरिसकेको छ । उक्त पैसा डेंगुको परिक्षण गर्ने किट खरिदको लागि, र विभिन्न सचेतना कार्यक्रमको लागि खर्च हुने अधिकारीले बताए । ‘यसको ठ्याक्कै यहि उपचार भन्ने छैन,’ उनले भने, ‘लामखुट्टे बस्ने बासस्थान नष्ट गर्ने, सचेतना फैलाउने नै हो ।’

गाडीका थोत्रा टायर, कवाडी सामानको संकलन केन्द्र, पानी जम्ने खाल्डा, घर वरपरका झाडीका कारण डेंगु सार्ने लामखुट्टे फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

के हुन्छ लक्षण ?

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

– असाध्यै टाउको दुख्ने

– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

– ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

– शरीरमा विमिरा आउने

– वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

यस्तो छ बच्ने उपाय

– डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।

– पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने

– पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने

– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने

– फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने

– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ

– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

– लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ।

– घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ

– घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.