पोखरा ।
पछिल्लो समयका व्यस्त निर्देशक होम गुरुङको निर्देशनमा नयाँ गीत ‘बैना मायालाई’ सार्वजानिक भएको छ । अब्बल सर्जक शिव हमालको शब्द/लयमा तयार भएको गीतलाई गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । गीतमा समीक्षा अधिकारी र समीप खवासको आवाज रहेको छ ।
गीतको भिडियोमा अहिलेका चल्तीको मोडल करिश्मा ढकाल र बबिन सिंह ढकुरीले कम्मर मर्काएका छन् । गणेश सापकोटाले खिचेको भिडियो छायांकन पोखरा आसपासका रमणीय ठाउँमा गरिएको छ । नविन घर्ति मगरले सम्पादन गरेको भिडियो शिव हमालको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ ।
© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.