www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरपालिका: अत्यावश्यक बाहेकका सेवा १६ गतेसम्म स्थगन

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले यहि १६ गतेसम्म सेवा स्थगन गर्ने जनाएको छ । महानगर कार्यालयका केही कर्मचारी कोभिड संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमा लक्षण देखिएपछि सेवा स्थगन गरिएको जनाइएको छ ।

‘संक्रमण जोखिम थप बढ्न सक्ने हुँदा सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका नियमित सेवाहरु मिति २०७८/१०/१६ गते सम्मका लागि स्थगन गरिएको सबैमा जानकारी गराइन्छ’, प्रमुख प्रशासकीय अधिकृतद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.