पोखरा ।
डा. आरसी लामिछानेद्धारा लिखित ‘हामी सबैले सक्दछौ’ पश्चात अर्को गित ‘खुशी हुँदै फर्कन स्वदेशमा’ बोलको गीत सार्वजनिक भएको छ ।
द ईरिप्स नामक युटुव च्यानलवाट सार्वजानीक भएको उक्त गितले विभिन्न कारणले विदेशमा गएर काम गर्न वाध्य युवा युवतीलाइ काम गर्न सकारात्मक उर्जा मिलोस् र प्रदेसको वसाइ सहज हुने मनस्थिती बनोस् एवम् परिवारका सदस्यहरुसँग सकारात्मक सन्देश आदान प्रदान गर्न हौसला बढोस् भन्ने भाव बोकेको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व कार्यकारी निर्देशकसमेत रहेका लामिछानेका शब्दमा रहेको गीतमा गायक एवम् सङ्गीतकार नरहरी प्रेमी र गायिका सुमिना लोसँगै टेरेसा विश्वकर्मा र अनिल श्रेष्ठ ले स्वर दिएका छन् । गीतमा लक्षुप्रकाश मल्लले सङ्गीत संयोजन गरेका छन् ।
डा. लामिछाने हाल पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत छन्।
© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.