www.tandavnews.com
Fact ~ In search of truth

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ ।

स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

Batas

एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.