नयाँ दिल्ली ।
उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।
जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताउएका छन् ।गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताएका छन् । स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उहाँले ट्वीटमार्फत बताएका छन् ।
भारतीय विवाहहरू प्रायः ठूलो संख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ । सन् २०१७ मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भईरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो ।
रासस/एएफपी
–––
© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.