www.tandavnews.com
Fact ~ In search of truth

व्यवसायीको शुभेच्छा राम्रो पाएको छुँ : कार्की

पोखरा।
पोखरा उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षका गोकर्ण कार्की उम्मेदवार हुन् । आसन्न ३४ औं महाधिवेशनमा पवन प्रजापति प्यानलबाट कार्की बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।

२०५४ /५५ सालमा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यका रुपमा प्रबेश गरेका कार्कीले दुइ कार्यकाल नै उद्योग तर्फको उपाध्यक्ष बनिसकेका छन् । यसका अलावा पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने औद्योगिक व्यापार मेलाको विभिन्न उपसमितीमा रहेर का गरिसकेका छन् । पवन प्रजापति प्यानलबाट घरदैलो कार्यक्रम अन्र्तगत व्यावसायी भेटघाट गरिरहेका कार्कीले व्यवसायीबाट पाएको प्रतिकृया र शुभेच्छाले मत पाउने कुरामा विश्वस्त छन् ।

कार्की अहिले संघमा उद्योग तर्फको उपाध्यक्ष हुन् । उनी व्यावसायिक रुपमा विनित मेटल उद्योग, दि अन्नपूर्ण भिलेज हाउजिंग प्रालि, बाराही बेकरी प्रालि, एवान ब्लक उद्योगमा आवद्ध छन्। सामाजिक रुपमा पनि उत्तिकै सक्रिय कार्की कालिका बहुमुखी क्याम्पसको व्यवस्थापन समिती सदस्य, लायन्स क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी पोखरा १८ का पूर्व इकाइ सभापति, बात्सायायन बृद्धाश्रमका संस्थापक अध्यक्ष, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहकार, पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसिएसनका सल्लाहकार, गण्डकी ट्याक्टर तथा मिनी ट्रक यातायात प्रालिका प्रमुख सल्लाहकार हुन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.