पोखरा।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितिन् ।
पोखरा रङ्गशालामा बिहीबार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२ दशमलव शुन्य पाँच सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे। त्रिभुवन आर्मी क्लबका युवराज विकले २२ दशमलव ५० सेकेन्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरे।
महिलातर्फ लुम्बिनीकी निशाले २५ दशमलव २४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन्। एपिएफकी रमिताकुमारी थारूले २५ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक प्राप्त गरिन्।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.