www.tandavnews.com
Fact ~ In search of truth

‘सुन्तला खेती’ मा रमाउँदै गाउँपालिका उपाध्यक्ष

तनहुँ।
जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन्।

विसं २०५३ देखि सुन्तला खेती थालेका उनले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएकी छन्। म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गरेकाे उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिए।

विसं २०३५ मा नै कृषिको जेटिए अध्ययन गरेकी उनले आठ वर्षसम्म शिक्षक पेसामा लागेकी थिइन्। नेपाली कांग्रेसको नेतासमेत रहेकी घिमिरे विसं २०४९ मा तत्कालीन गाविस अध्यक्षसमेत बनेका थिए। राजनीति र समाज सेवामा सक्रिय रहेकी उनले विसं २०५३ देखि व्यावसायिकरूपमा सुन्तला खेती गरेका हुन्।

Batas

“नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुँदैन कि भन्ने कुनै चिन्ता छैन”, उनले भने, “परिश्रम गर्न सके आत्मनिर्भर हुन कुनै समस्या छैन ।” हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । विदेशमा गर्ने दुःख नेपालमा गर्न सकिएमा केही गर्न सकिन्छ । ”, उपाध्यक्ष घिमिरेले भने। सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचासौँ हजार कमाउन विदेशिनु नपर्ने उनले बताए।

“सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, गर्वको महसुस हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देखाउँदै उनले भने, “सुन्तला खेती गर्न गाह्रो पनि छैन, वर्षमा छ महिना जति हेरचाह गर्ने हो भने वर्ष दिनमा मनग्य आम्दानी लिन सकिन्छ ।”

सुरुको तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्छ, जब फल दिन थाल्छ, त्यसपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिने उनले बताए। फेरि सरकारले कृषिलाई विभिन्न अनुदानसमेत दिन थालेको छ । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, यसबाट सन्तुष्ट छु ”उनले भने। राजनीति र समाजसेवालाई सँगसँगै हाँकेका उपाध्यक्ष घिमिरेले उनले सुन्तला खेतीको साथै इँटाभट्टाको कारखानासमेत खोलेर सयौँलाई रोजगारी दिँदै आएका छन्। “हाम्रो देशको समस्या भनेको बेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफैँ अग्रसर बन्नुपर्छ”, उनले भने।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.