www.tandavnews.com
Fact ~ In search of truth

अभियान पुरुष भलिवल चैत्र १ देखि

पोखरा, २९ माघ ।

अभियान युवा क्लबको अयोजनामा दोश्रो अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ–५ मालेपाटन खेल मैदानमा चैत्र १ देखि ३ गतेसम्म प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

बैठकमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका सदस्य रमेश श्रेष्ठले युवाहरुलाई खेलप्रतिको आकर्षणलाई अझ बढाउनु पर्ने बताउदै प्रतियोगितामा सहभागि हुनको लागि सबैलाई आग्रह गरेका थिए ।

Batas

प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।

सोमबार बसेको बैठकले विभिन्न उपसमिति गठन गर्दै संयोजकमा जय प्रकाश थापालाई चयन गरेको छ ।

त्यसैगरि आर्थिकमा ईन्द्र राना, राजकुमारी थापा र सरस्वती गिरी, टीम ईन्ट्रीमा धर्मेन्द्र घर्ती र रमेश जिसी, खेल मैदान मर्मत तथा व्यवस्थापनमा ध्रुब बहादुर नेपाली र सागर गिरी, मञ्च तथा साउण्ड व्यवस्थापनमा राजेश सिके, सुरक्षा तथा स्वयंसेवकमा मुक्ति बिजुक्छे, खेल सामाग्री व्यवस्थापनमा अजय थापा, पुरस्कार व्यवस्थापनमा मुक्त गिरी, प्रचार प्रसारमा राजु गिरी र कृष्ण थापा, अतिथि सत्कार तथा खाजा व्यवस्थापनमा अभियान महिला उपसमिति, फोटो ग्राफरमा जय गुरुङ र मुक्त गिरी, सम्मान पत्र व्यवस्थापनमा बिनोद क्षेत्री र अमृत गुरुङलाई चयन गरेको छ ।

विगत ११ वर्षदेखि क्लबले भलिवल, फुटबल, स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । आगामी हुने भलिवल प्रतियोगिताका लागि क्लवले मालेपाटन खेल मैदानमा स्थाई भलिवल कोर्ट निमार्ण कार्य गरिरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.