www.tandavnews.com
Fact ~ In search of truth

रानाले चुमे बेलायतमा उपाधी

पोखरा
ताण्डव संवाददाता ।

नेपालका अदिप रानाले बेलायतमा उपाधी चुमेका छन् ।

रानाले बेलायतमा कन्टेन्डर्स २२ व्यावसायिकको–१४पुरुष प्रतियोगिताको उपाधी जितेका हुन् । वेलायतको नोरविचमा ७०केजीमा रानाले बचिर फखउरीलाई पराजित गरेका हुन् । फखउरी बेलायतको जिटी के वन बक्सिङका च्याम्पियन हुन् ।

Batas

सँगै उनी फुलकन्ट्याक्ट तेक्वान्दोमा अहिले सम्मका अपराजित च्याम्पियन हुन् ।

युएफसी जस्तै जालीभित्र खेलाइने यस प्रतियोगितामा फखउरीले सुरुदेखि नै राना विरुद्ध आक्रमण गरेका थिए । तर पहिलो चरणको ३३ सेकेण्डमा रानाले फखउरीलाई सशक्त मुक्का प्रहार गर्दै नकआउट गरे ।

जितपछि रानाले रिङमा नेपालको झण्डा फहराएका थिए । राना सन् २०१४ मा बेलायत पुगेका थिए ।

बेलायतमा उनले विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.