www.tandavnews.com
Fact ~ In search of truth

सन्दीपले सर्वाधिक चार विकेट लिए नेपालसामु २५५ रनको लक्ष्य

काठमाडौँ । 

एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई/दुई विकेट लिए । पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । केही बेरपछि नेपाल जवाफी ब्याटिङमा उत्रदै छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.