www.tandavnews.com
Fact ~ In search of truth

हातहतियार सहित दुई पक्राउ, मुख्य नाइके फरार

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले हातहतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–५, समिबगरबाट प्रहरीले दुई नाले बन्दुक (२ थान) सहित माछापुच्छ्रे गाउँपालिका–५, निवासी गौतम गुरुङ र उदास गुरुङ पक्राउ परेका हुन् ।

Batas

मुख्य आरोपी पोखरा–१६, दीप बस्दै आएका याङतुङ घले फरार रहेको प्रहरीले जनाएको छ । उनकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार हातमा झुण्डाईरहेको खैरो झोलामा फोल्ड गरि राखेको बन्दुक सहित ६ राउण्ड गोली र जंगली जनावरको जस्तो देखिने सुकुटी उनीहरुको साथबाट बरामद भएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.