www.tandavnews.com
Fact ~ In search of truth

सांसद कहरः सरकारको काम गराईले हाम्रा विकासे एजेण्डा वेवारिसे भए

पोखरा
ताण्डव न्यूज ।

कांग्रेस सांसद भागवत प्रकाश मल्लले वर्तमान सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन् ।

आज आइतबार बसेको गण्डकी प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर हिँडे पनि वर्तमान सरकार योजना कार्यान्वयनमा चुकेको बताए ।

Batas

तीन तहको निर्वाचन सम्पन्न भएर सबै तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको अवस्थामा पनि अधिकार जति केन्द्रमै थुप्राउँदा विकासका गुरु योजना सुरु नै गर्न नसकिएको गुनासो पोखे ।

‘क्षेत्राधिकारको विषयमा अझैपनि तालमेल मिलाउन सकेको छैन,’ उनले भने, ‘गण्डकी प्रदेशले सार्वजनिक गरेको बजेट कार्यान्वयनको पनि सुरुवात हुन सकेन, मात्र तलब, भक्ता र अन्य सुविधा बाहेक खर्च भएको देखिदैन ।’

सरकारको काम गराईले सांसदले आफ्ना क्षेत्रमा तयार गरेको भौतिक पूर्वाधारका योजनाहरु वेवारिसे भएको बताए ।

आफैंले निर्माण गरेको बजेट योजना कहाँबाट सुरु गर्ने भन्ने अलमलमा प्रदेश सरकार परिरहेकोले तत्काल योजना कार्यान्वयनमा जोड दिन आग्रह गरे ।

सांसद मल्ल स्याङ्जा जिल्ला क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभामा प्रतिनिधित्व छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.