www.tandavnews.com
Fact ~ In search of truth

‘डिउ’को बोतलभित्र गुट्काको खोल फेला परेपछि २ लाख जरिवाना

हेटौँडा ।

जिल्ला अदालत मकवानपुरले बहुर्राष्ट्रिय कम्पनी बरण बेभेरेजलाईरु दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

माउण्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो ।

Batas

जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलाशले उपभोक्ता ऐन २०५४ को दफा(१८)को बमोजिम रु दुई लाख जरिवाना गराउने फैसला गरेको हो ।

यस फैसलाले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिँदै अन्य उत्पादक उद्योगसमेत सचेत हुने उपभोक्ता हित संरक्षणमञ्चका उपाध्यक्ष अजय अधिकारीले बताए ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.