www.tandavnews.com
Fact ~ In search of truth

निशाको ‘चलचित्र नशा’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज।

‘ब्युटी विथ ब्रेन’ । राउण्ड फेस । झट्ट देख्दा मिलेको कर्द । मिलनसार, ईमान्दार र सहयोगी । निशा गुरुङको सटिक परिचय । तर समाजमा भने उनको छुट्टै छवि छ ‘नायिका निशा’ । उमेरले उनी पहिलो मुरी टेक्दैछिन् ।

स्याङ्जाको राम्चेमा जन्मिएका उनी आप्mना पल्टने बुवा भिम बहादुर गुरुङसँगै बाल्यकाल भारतको आर्मी क्याम्पमै बिताए । बुवालाई पल्टनमै छाडेर भाई र आमासँग नेपाल फर्किएर नेपाल भारत मैत्री बिद्यालय पेन्सन क्याम्प रामबजारमा कक्षा ४ मा भर्ना भए । उनले एस.एल.सी मा ८८ प्रतिशत ल्याउदै स्कुल टपरको हकदार बने ।

Batas

त्यसपछि उनी ग्लोबल कलेजियट रानिपौवामा उच्च शिक्षाका लागि व्यवस्थापन संकायमा भर्ना भए । २०७२ सालमा प्लस टु सक्काउदै कलेजका कसैलाई पनि कलेज टपर बन्ने मौका दिएनन् । त्यहाँ पनि उनी कलेज टपर बने । अहिले उनी ला ग्राण्डी कलेजमा ब्याचलर्स ईन बिज्नेस एड्मिनिस्ट्रेशन (बीबीए– छैटौं सेमेस्टर) अध्ययन गरिरहेका छन् ।

नृत्याङ्गना देखी मिस तमुस्यो हुदै चलचित्र सम्म

नृत्य गर्न औधी मन पराउने निशा गुरुङले ९ बर्षको हुदा नै माछापुच्छ«े कला केन्द्रमा ३ बर्षे कोर्ष गरेका थिए । जिवनकै पहिलो नृत्य आप्mनी आमा दुरमाया गुरुङले काम गर्नै हर्वाे ईन्टरनेशनल प्रालिको बार्षिकोत्सबमा सभागृह हल (पूmल मञ्जरीले बोलको गित) मा प्रस्तुत गरेका थिए । तर उनलाई ‘पहिलो गाँसमै ढुङ्गा’ भेटियो ।

‘नाच्दै थिए अन्तिम राउण्डमा मेरो खुट्टामा किल्ला गड्यो, त्यो त म कहिल्यै बिर्सन सक्दिन’ उनी भन्छिन । त्यसपछि आप्mनो नृत्य यात्रा औपचारिक रुपमा सुरु भएको गुरुङ बताउछिन ।

एस.एल.सी को फाईनल परिक्षा दिए लगत्तै उनी सुरताल नृत्य प्रतियोगितामा भाग लिएको सुनाए । ‘त्यो बेला अन्तिम पाँचमा परेको थिए उनी भन्छिन, ‘ अहिले पनि एकदमै चलेको हिजो राती तिमीलाई देखे सपनिमा भन्ने भ्mयाउरे गितमा नाचेको थिए ।’

त्यसपछि उनी ग्लोबल कलेजियटको प्रतिनिधित्व गर्दै पोखरा उद्योग बाणिज्य सँघले आयोजना गरेको राष्ट्रिय आद्योगिक व्यापार मेलामा प्रथम हुदै नगद रु ६ हजार, ट्रफी, प्रमाणपत्र सहित आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेको स्मरण गर्छन उनी ।

नाच्न गर्न माहिर हुदै गएका उनले नृत्य प्रतियोगिताकै खोजी गर्न थाले । उनी स्याङ्जाको मनकामनामा भएको गाउँस्तरिय नृत्य प्रतियोगिताको उपबिजेता बने । यो समयमा उनको प्लस टु सकिएको थियो ।

सानैदेखी स्टेजसँग नजिकिने बानी परिसकेको उनलाई स्टेज मोह उत्तिकै थियो । पोखरामा हुने शौन्दर्य प्रतियोगितामा उनी दर्शकको रुपमै भएपनि पुग्ने गरेको स्मरण गर्छिन । उनले एक कार्यक्रममा उद्घोषकको रुपमा ‘नमिता गुरुङ मिस तमुस्यो २०६०’ लाई देखेपछि मिस तमुस्योमा प्रतिस्पर्धा गर्ने हुटहुटी चलेको सुनाईन र मिस तमुस्योको आवेदन फारम भर्ने निधो गरिन तर घरबाट उनलाई त्यति धेरै सहयोग थिएन ।

‘पहिला डान्स कम्प्यसटेशनमा पनि भने जस्तो भएन, तिमीलाई दुख हुन्छ, भो नजाउ भन्नुहुन्थ्यो परिवारहरु । तर मैले म आफै खर्च जुटाउछु भनेर फर्म भरे’ उनले सुनाईन ।

देशका बिभिन्न जिल्ला काठमाडौं, चितवन, झापा, लम्जुङ, कास्की लगायतका १८ प्रतिस्पर्धीलाई फाईनलमा पराजित गर्दै उनले २०७३ असोज ६ गते शनिबार मिस तमुस्यो नेपाल २०१६ को उपाधि जिते ।

उनले उपाधिसँगै मिस ट्यालेन्ट, जक्सन फोटो जेनिकको सवटाईटलको हकदार समेत बनेका थिए । उनले उपाधिसहित ताज, नगद रु ५० हजार, ट्रफी तथा हङ्कङ टुरको मौका पाएको सुनाईन ।

दिनानुदिन सफलता हात पार्दै गएकी उनले आफ्नो करियर कुन दिशामा मोड्ने भनेर छुट्याउन सक्ने भएकी थिईन । चलचित्र क्षेत्रमा भविष्य देखे गुरुङले ।

त्यसोत उनी मिस तमुस्यो बन्नु अघि नै राजु गुरुङको भ्mयाउरे गितको भिडियो र आर्थरु माझकोट गाउँ चिनारी गितमा अभिनय गरिसकेका थिए । उनी मिस तमुस्यो बनेपछि आधा दर्जन बढि गुरुङ चलचित्रको लागि अफर आएको बताउछिन । तर अध्ययनमा अव्बल उनी पढाईकै कारण चलचित्रमा साईन गर्न सकिनन् । ‘त्यो सबै मध्ये दुई/तीन वटा स्क्रिप्ट मन परेको थियो तर स्नातक तहमा भर्ना भएपछि समय अवाभका राण ओके गर्न पाईन’ उनले भने ।

उनले ब्याचलर गर्दैगर्दा चलचित्र निर्देशक कृष्णकुमार गुरुङले तमु चलचित्र ‘सबन मु’ को लागि अफर गरेको सुनाउदै कथा आफुलाई अत्यन्तै मन परेको गुरुङले सुनाईन । उनको फाईनल परिक्षा आउनु अघिल्लो महिना सुटिङका लागि जानुपर्ने, कथा मन पर्नु यी कारणले उनी निर्णय गर्न धुलमुलमा परे ।

तर निर्माण पक्षले निशाकै लागि समय मिलाईदिएपछि अन्यत्यमा उनको नामको अगाडी नायिका जोडिने मौका बन्यो र ‘सबन मु’ मार्फत चलचित्रमा डेब्यु गरिन । आप्mनो करियरको प्रारम्भ गरिन । उनका अनुसार उक्त चलचित्र २०३६ सालको जनआन्दोल देखी २०४६ सालको जनमत सँग्रह बिचको तमु समुदायको कथा चित्रण गरिएको छ ।

पञ्चायती ब्यबस्थाले तमु समुदायको संस्कार, संस्कृति तथा रीतिरिवाज मेट्नको लागि गरेको हर्कतहरु दर्शाइएकोले यथार्थवादी चलचित्र बनेको नायिका गुरुङ बताउछिन । नायिका गुरुङले पछिल्लो समय अन्य चलचित्रका लागि समेत प्रस्ताव आएको बताउदै स्क्रिप्ट मन परेको खण्डमा मेन स्ट्रिम चलचित्रमा समेत अभिनय गर्ने मनशाय रहेको बताईन । ‘मलाई ग्लामरस टाईपको भन्दा पनि गाउँले परिवेशको कुनै समुदायको संस्कार संस्कृतिमा आधार भएका चलचित्रहरु मन पर्छ । उनले भने, ‘जस्ले समाज रुपान्तरणमा मद्दत पु¥याउछ ।’

आप्mनो भविष्य चलचित्र क्षेत्रमै खोजिरहेका नायिका गुरुङ राम्रो उद्घोषक पनि हुन । उद्घोषणको क्षेत्रमा हासिल गरेका सफलताको श्रेय एकिङ गुरुङ, राम लामा र रबिन गुरुङलाई दिन्छिन ।

समाजसेवामा रुची राख्ने, दुर्गम तथा ग्रामिण भेगमा यात्रा गर्न मन पराउने उनले धम्पुस, घलेगाँउ, चित्लाङ, घान्दु्रक, सिक्लेस लगायतको गाउँमा स्थानिय संस्कृतिको बारेमा र पर्यटन बिकास पश्चातको आर्थिक प्रभाव बारे उनले रिसर्च गरिसकेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.