www.tandavnews.com
Fact ~ In search of truth

पर्वत : स्वास्थ्यचौकीको भवनका लागि जग्गा दान

पर्वत ।

यहाँका एक दम्पतीले गाउँमा स्वास्थ्यचौकीको भवन बनाउन रु ३० लाख पर्ने जग्गा निःशुल्क दान गरेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा शहरी स्वास्थ्यचौकीको भवन बनाउनका लागि जग्गा अभाव भएपछि स्थानीय छत्रबहादुर क्षेत्री र उहाँकी श्रीमती भद्रकला क्षेत्रीले पाँच आना बराबरको जग्गादान गरेका हुन् ।

गाउँका नागरिकलाई प्रत्यक्षरुपमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले दिवंगत आफ्नो साहिलो छोरा खड्काबहादुर क्षेत्रीको स्मृतिमा जग्गादान गरेको छत्रबहादुरले बताए । छोरा खड्काबहादुर क्षेत्रीको करीब १२ वर्ष अघि रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएको थियो ।

जग्गाको लाजपूर्जा आइतबार शहरी स्वास्थ्य केन्द्रको नाममा नामाकरण गरिएको छ । उक्त जग्गाको लालपूर्जा जग्गादाताले शहरी स्वास्थ्यचौकीका अध्यक्ष तथा वडाध्यक्ष यदुनाथ बास्तोलालाई हस्तान्तरण गरे।

स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरेको भन्दै जग्गादातालाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द जोशी र कुश्मा नगरपालिका–२ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले दोसल्ला ओढाएर सम्मान गरेका थिए। नगरप्रमुख जोशीले जग्गा प्राप्त भएसँगै आवश्यक सुविधासहितको भवन निर्माण गर्ने प्रक्रिया अघि बढाइने जानकारी गराए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.