www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा दृष्टिविहिन एकल गायन प्रतियोगिता हुने

पोखरा,
ताण्डव न्यूज

रोटरी क्लव अफ पोखरा अन्नपूर्णको आयोजना तथा रोट¥याक्ट क्लब अफ अन्नपूर्ण, रोट¥याक्ट क्लव अफ हेम्जा र इनरह्ील क्लव अफ अन्नपूर्णको सह–आयोजनामा पोखरामा दृष्टिविहिन एकल गायन प्रतियोगिता हुने भएको छ ।

चैत ३ गते साइमन पार्टी प्यालेसमा हुने प्रतियोगितामा नेत्रहीन संघ कास्की, क्वालिटी अफ लाइफ नेपाल तथा वटरफ्लाई फाउण्डेसन नेपालको सहयोग रहनेछ ।

Batas

प्रतियोगितामा २५ जना दृष्टिविहिन गायकगायिकाहरुको सहभागिता हुने संयोजक भानु भण्डारी क्षितिजले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा विजयी हुने व्यक्तिलाई १५ हजार, १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पाउनेछन् । गत वर्षको पुरस्कारको राशी बृद्धि गरी यसपटक पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्नको लागि दुई लाख रुपैयाँ खर्च हुने जनाइएको छ । प्रतियोगितामा सकु हिराचन, नवराज वराल र तीर्थराज पोख्रेल निर्णायक रहने रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष बाबुराम बरालले जानकारी दिए । प्रतियोगिले जुनसुकै विधाका गीत गाउन सक्ने उनले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.