पोखरा ।
युनाइटेड क्लवले विपद ब्यवस्थापन कोष स्थापनाका लागी आगामी शनिवार देउसीभैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।
स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी पहल र सेती नदी संरक्षण जस्ता काम गर्दै आएको क्लवले हरेक वर्ष तिहारको अवसर मा देउसीभैलो कार्यक्रम गर्दै आइरहेको छ ।
यसअघि देउसीभैलो कार्यक्रमबाट आएको रकमबाट पोखराको अमरसिंह चोक वरपरका विभिन्न टोलहरुमा सौर्यबत्ती जडानमा खर्च गरेको भएतापनि यो वर्षदेखी भइपरी आउने विपदमा परेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कोष स्थापना गर्ने क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
कुनैपनि विपदको वेलामा क्लवले राहतहरु प्रदान गर्दै आइरहेको भएतापनि यो पटकदेखी कोष स्थापना गरी आफ्नो सामाजिक उत्तरदायित्वलाई अझै फराकिलो बनाउन क्लव लागी परेको गुरुङको भनाई छ ।
कार्तिक २४ गते शनिवार अपरान्न ३ वजेदेखी सांझ ८ बजे सम्म अमरसिंह चोकमा आयोजना हुने देउसी भैलो कार्यक्रममा पोखराका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने देउसीभैलो कार्यक्रमका संयोजक तथा क्लवका सदस्य सन्तोष कार्कीले जानकारी दिए ।
युनाइटेड क्लब सामाजिक कामको माध्यमबाट छुट्टै पहिचान बनाउन सफल क्लब हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.