www.tandavnews.com
Fact ~ In search of truth

उच्च अदालत पोखराका अर्का न्यायधिशले पनि दिए राजीनामा

पोखरा ।

गोर्खा ब्रुअरी कर विवादमा न्याय परिषदले छानबिन थालेपछि यससम्बन्धी विवादमा तानिएका न्यायाधीशहरुले धमाधम राजीनामा दिन थालेका छन्।

पोखरा उच्च अदालतका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएपछि सोही अदालतका अर्का न्यायाधीश रामकृष्ण यादवले पनि राजीनामा दिएका हुन्।उनले गोर्खा ब्रुअरीसम्बन्धी मुद्दामा आफूले दिएको अल्पकालीन अन्तरिम आदेशमा आफू अहिले पनि अडिग रहेको र आफूले पनि उपलब्ध प्रमाणकै आधारमा उक्त आदेश गरेको दाबी उनको छ।

उनले भदौ ५ गते प्रधानन्यायाधीशको सचिवालयमा राजीनामा छोडेका थिए।गएको साउन ८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको आरोप लागेका पोखरा उच्च अदालतका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानबिन तथा कारबाही गर्न आदेश दिएको थियो।

यसअघि अर्का न्यायाधीश जीवनहरि अधिकारीले पनि राजीनामा गरिसकेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.