www.tandavnews.com
Fact ~ In search of truth

एक हातमा प्रमाणपत्र,एक हातमा सीप

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक हातमा प्रमाणपत्र र एक हातमा सीप दिने गरी प्रदेश सरकारले शिक्षा नीति ल्याउन लागेको बताएका छन् ।

माछापुच्छ्र्े गाउँपालिका–२ भुर्जुङखोलास्थित माछापुच्छ्रे« माविको स्वर्ण महोत्सव समापन समारोहमा उनले अहिलेको शिक्षाले बेरोजगार मात्रै उत्पादन गरेको हुँदा प्राविधिक विश्वविद्यालय खोल्ने सोच बनाइसकेको जानकारी गराए । उनले यस वर्ष प्रदेश सरकारले छ हजार युवालाई निःशुल्क व्यावसायिक तालीममार्फत आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापा, संविधानसभा सदस्य सीता गिरी, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कृष्ण दवाडी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति कृष्ण केसी, नेकपा नेत्री मीनाकुमारी गुरुङ, व्यवस्थापन समितिका अध्यक्ष मित्रलाल आचार्यलगायतले प्राविधिक शिक्षा सञ्चालनमा जोड दिनुभएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने विभिन्न चन्दादातालाई सम्मान गरिएको थियो भने विद्यालयको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.