www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसबाट विमला भण्डारी पनि आकांक्षी

पोखरा
ताण्डव न्यूज ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनकालागि कास्कीको माहौल विस्तारै तात्दै छ । राजनीतिक दलहरु चुनावी माहौलका लागि तयार भइसकेका छन् ।

साझा पार्टीले रजनी केसीलाई क्षेत्र नं २को उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा लागिसकेको छ । नेकपा केन्द्रिय सचिवालयले जिल्ला कमिटिको सिफारीस अनुसारनै विद्या भट्टराईलाई उम्मेदवार बनाउने पक्कापक्की भएको छ ।

Batas

कांग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । कास्की कांग्रेसबाट विभिन्न ब्यक्तिहरु उम्मेदवारको आकांक्षी देखिएका छन् ।विशेषतः देवराज चालिसे, वीरेन्द्रनारायण बिजुक्छे लगायतका नेताहरुको चर्चा बढी छ ।

निर्वाचनको मिति नजिकिएसँगै आकांक्षी मध्येकै पेशाले पत्रकार रहेकी विमला भण्डारीको चर्चा पनि बढ्न थालेको छ । त्यसो त भण्डारी विद्यार्थीकालदेखि नै कांग्रेसकै भातृ संगठनका काम गर्दै आएकी थिइन् ।

उम्मेदवारको नाम टुङ्ग्याउन कांग्रेस केन्द्रिय समितिको बैठक बसिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.