www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा पर्यटन

पोखरा / ताण्डव न्यूज ।

पर्यटन वर्ष आउन करिब १३ महिना बाँकी छ । त्यसैअनुरुप राज्यले नेपालमा पर्यटक भित्राउनको लागि प्रचारप्रसारको गति लिएको छ । देशले पर्यटन वर्ष मनाउनको लागि अघि बढी रहदाँ गण्डकी प्रदेशले पनि सोही अभियानको लागि पद पछ्याउनु स्वभावीक हो ।

पछिल्लो समय पर्यटनलाई लक्षीत गरेर गण्डकी प्रदेशमा केही उत्कृष्ट कामहरु पनि भएका छन् । चाहे त्यो खेलको माध्यमबाट होस् या व्यवसाय । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गर्नु निकै सर्हनीय काम हो ।

मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका शहीद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीको मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेयल, मुस्ताङको लोमान्थाङ दरबार गुफा क्षेत्र, पर्वतको दुर्लुङ्ग क्यानोनिङ्ग(छाँगावरोहण), केभिङ्ग र होमस्टे तथा महाशिला नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट भएका छन् ।

त्यति मात्र होइन खेलको माध्यमबाट पनि गण्डकी प्रदेशमा पर्यटकलाई आकर्षण गरेको पाइन्छ । गत महिना पोखरामा सम्पन्न भएको पोखरा प्रिमियर लिगले पनि यस क्षेत्रलाई विश्व सामु चिनाउन धेरै हदसम्म टेवा पुर्याएको  छ ।

त्यसैगरी नेपालमै पहिलो पटक स्याङ्जाको स्वरेकमा आयोजना भएको प्याराग्लाईडिङ वल्र्डकपले पनि खेलकुद क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पुर्याउन पर्यटकीय गन्तव्यको विविधीकरण गर्दै नयाँ पर्यटकीयस्थल र उपजको पहिचानको खोजी गरेको छ ।

सरकारले पहिचान गरेका नयाँ पर्यटकीय गन्तव्यमा स्तरीय होटेल खोल्नु आवश्यक देखिन्छ । यसमा पनि भरपर्दो वैकल्पिक व्यवस्थापन गर्न नसके पर्यटन वर्ष प्रत्युपादक बन्ने जोखिम देखिन्छ । होमस्टेलाई प्रभावकारी र सुविधायुक्त बनाउन कदम चाल्नुपर्छ ।

राष्ट्रिय उत्सवको रुपमा लिइएको पर्यटन वर्ष २०२० लाई मनाउनको लागि पर्यटन व्यवसायलाई देशको आर्थिक मेरुदण्डको अंश मान्न सकिन्छ । सडकको स्तर उन्नति र पर्यटकीय स्थलमा खाने, बस्ने र केही दिन बिताउन सक्ने गरी व्यवस्थापनको तयारी आजैबाट थाल्नुपर्ने देखिन्छ ।

नेपालको पहाडी क्षेत्रमा सहज र सुविधायुक्त यातायातको अभाव अझै पनि छ । यसै प्रदेशमा निर्माण हुन लागेको क्षेत्रीय र्अन्तराष्ट्रिय विमानस्थल निर्माणका कामले पूर्णता पाइसकेको छैन । ती विमानस्थलले सन् २०२० मा सेवा दिन सक्ने सम्भावना न्यून छ ।

यसको निम्ति राज्यले गती बढाउनु जरुरी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.