www.tandavnews.com
Fact ~ In search of truth

जन्ती बोकेको स्कोर्पियोलाई बसले ठक्कर दिँदा ६ जनाको मृत्यु

 

ताण्डव न्यूज । 

दाङको लमही नगरपालिकाको रिहारमा बस र जन्ती बोकेको स्कोर्पियो एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।

Batas

पूर्वपश्चिम राजमार्गअन्तरगत लमही नगरपालिका–९ रिहारस्थित प्रहरी चौकीनजिकै महेन्द्रनगरदेखि काठमाडौतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र चितवनबाटदेखि बाँकेको शम्शेरगन्ञतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोर्पियो जीप ठोक्किँदा ६ जनाको मृत्यु भएको दाङका प्रहरी नायब निरीक्षक पुरन मल्लले जानकारी दिए।

मृत्यु हुुनेमा राप्ती सोनारी गाउँपालिका८ का विश्वनाथ अधिकारी, प्रविण केसी, मानबहादुर केसी, बिमला केसी, दीपक खड्का र कोहपुर नगरपालिका १२ का तप्तबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, घाइते हुनेमा राप्ती सोनारी गाउँपालिका ८ की गीतादेवि खत्री र चालक यामबहादुर बुढा रहेका छन्। विवाहका लागि चितवनबाट बेहुली लिएर बाँकेको शम्सेरगञ्ज राप्ती सोनारी गाँउपालिकातर्फ जाँदै गरेका उनीहरु बेहुलाका बाबुआमा पनि रहेको प्रहरीले जनाएको छ। बेहुला र बेहुली भने अर्कै गाडीमा रहेको प्रहरीको भनाइ छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.