पोखरा ।
पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका उपप्रमुख र विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ । कोमागाने शहरका उपप्रमुख मासारु होरी उचीको नेतृत्वमा आएको १६ सदस्यीय टोलीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् । टोलीमा उपप्रमुख सहित विद्यार्थी र शिक्षकहरु रहेका छन् ।
उपप्रमुख गुरुङले होरीउचीलाई पोखराको चिनोको रुपमा भाग्रा लगाइदिएकी थिईन् ।स्वागत कार्यक्रममा बोल्दै गुरुङले कोमागाने र पोखरावीच भगिनीसम्वन्ध स्थापना भएको १८ वर्ष वितेको बताउदै उपप्रमुख र विद्यार्थी सहितको भ्रमणले सम्वन्धलाई अझै प्रगाढ बनाउने विश्वास ब्यक्त गरिन् ।
भ्रमणले दुई शहरको सांस्कृतिक र शैक्षिक विकास बारे अनुभब आदान प्रदानमा सहयोग पुग्ने बताइन् । उनले कोमागानेका विद्यार्थी मात्रै नभएर यहाँका विद्यार्थीहरु पनि जाने अवस्था भए विकास, प्रविधि र शिक्षाका बारेमा सिक्ने अवर मिल्ने बताइन् ।
कोमागाने शहरका उपप्रमुख मासारु होरीउचीले आफु पहिलो पटक नेपाल आएको बताउदै आफुहरुको भ्रमणले दुई शहरवीचको सम्वन्धलाई अझै बलियो बनाउदै सहयोग आदान प्रदानमा सहजता हुने बताए ।कार्यक्रममा पोखरा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पोखरा सुन्दर शहर भएको बताउदै भ्रमण सुखद र सफल रहोस भन्ने कामना गरे ।
पोखरा कोमागाने नागरिक मैत्री एसोसियसनका अध्यक्ष शारदा मोहन काफलले जापानबाट आएका विद्यार्थीहरुलाई तीन दिनसम्म होमस्टेमा राखिने बताए । उनीहरुलाई यहाँको मौलिक अवस्थाको जानकारी गराउने उद्देश्यले घरघरमा राख्ने ब्यवस्ता गरिएको बताए । कार्यक्रममा महानगरका सरसफाई शाखा प्रमुख कल्पना बराल र सविता ढुङगानाले बोलेका थिए ।
टोली तीन दिनसम्म पोखरामा बस्ने र यहाँका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.