www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) का लागि ३२ चलचित्र छनोट

पाेखरा, 
ताण्डव न्यूज ।

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) का लागि ३२ वटा चलचित्र छनोट भएका छन् । छनाेटमा अन्तर्राष्ट्रिय पानोरमातर्फ १५ देशका १८, नेपाली पानोरमाका लागि १४ चलचित्र छानिएका छन् ।

नेपाली पानोरमातर्फ सजल लोप्चानको अ नेपाली सर्ट फिल्म गाइड फर फिल्म फेस्टिभल (२१ मि.), डायमण्ड उप्रेतीको अ पेपर प्लेन (१४ मि.), राजन कठेतको बार ट्रिज इन दि मिस्ट (१५ मि.), गणेश पाण्डेयको सिभिल सोल्जर्स (२५ मि.) र सोनाम शर्माको मिसन एभरेस्ट–दि लिजेन्ड अफ शेर्पा जाङ्बु (३१ मि.) प्रतियोगी चलचित्रको रुपमा प्रदर्शन हुँदैछन् ।

Batas

यस्तै, गणेश रावलको समस्या (२२ मि.), आशुका अर्यालको संकुल (दि कन्फ्युजन १३ मि.), सोनाम चौकी लामाको दि स्नो लियोपार्ड कलिङ (९ मि.), अंकित पौडेलको सङ अफ क्लाउड्स (१५ मि.), आशिष लिम्बु/डेविन राईको दि विन्टर ट्याप (११ मि.) र सिकुमा राईको अरक चाना बानाओ सीम्मा (२६ मि.) पनि प्रतिस्पर्धामा छन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण किम्फको १८ औं संस्करण पहिलो पटक भर्चुअल माध्यमबाट हुनेछ ।  २५ मंसिरदेखि सुरु हुने पाँच दिने महोत्सवका सबै चलचित्र अनलाइनमा हेर्न सकिन्छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.