www.tandavnews.com
Fact ~ In search of truth

धावक गजेन्द्र भए म्यान अफ द गोरखा

गोरखा ।

दशौँ म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जितेका छन । ‘दशौँ गोरखा महोत्सव एवं अन्तरप्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला–२०७५’ को अवसरमा आज आयोजना गरिएको प्रतियोगितामा ३६ प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले उपाधि जितको हुन् ।

उनले निर्धारित आठ किलोमिटरको दूरी ३० मिनेट ४० सेकेण्डमा पूरा गरेको प्रतियोगिताका संयोजक रामहरि केसीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो र राजन खत्री तेस्रो हुन सफल भएका छन । श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ५५ सेकेण्ड र खत्रीले ३१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए ।

Batas

त्यस्तै निर्धारित दूरी ३१ मिनेट ४७ सेकेण्डमा पार गर्दै नेपाली सेनाका हरि रिमाल चौथो र ३२ मिनेट चार सेकेण्डमा निर्धारित दूरी पार गर्दै कल्याण बानियाँ पाँचौँ भएको संयोजक खत्रीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुन सफल राईलाई नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।

उपाधि जित्न सफल राईलाई श्रीपेच लगाई घोडा चढाएर नगरपरिक्रमा समेत गराइएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुने खेलाडीलाई २० हजार रुपैयाँ , तेस्रो हुनेलाई खेलाडीलाई १० हजार रुपैयाँ र सान्त्वना हुन सफल दुईलाई २५÷२५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

तत्कालीन राजा द्रव्य शाहले राज्यभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट शुरु भएको दौड प्रतियोगिता नयाँबसपार्क हरमटारी चोक हुँदै गोरखा दरबारस्थित हनुमानथान पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको बिहान एक कार्यक्रमका बीच गोरखा क्षेत्र नम्बर १ का सङ्घीय सांसद हरिराज अधिकारीले उद्घाटन गरेका थिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.