www.tandavnews.com
Fact ~ In search of truth

नेपाल आफैँमा सङ्ग्रहालय हो :प्रधानमन्त्री ओली

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे । “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।”

प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.