www.tandavnews.com
Fact ~ In search of truth

क्लासिक टेकको ग्राहकलाई ६५ प्रतिशतसम्म निशुल्क ब्यान्डविथ अपग्रेड

पोखरा, ताण्डव न्यूज

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरीएको क्लासिक टेकले जानकारी दिएको छ ।

क्लासिक टेकले आफ्नो ग्राहकहरूलाई निशुल्क १५० एमबिपियस देखि ३०० एमबिपियससम्म अपग्रेड गरेको छ । प्याकेज अपग्रेडपश्चात् पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभव लिन पाउने टेकले जनाएको छ । हाई स्पिड इन्टरनेट प्रयोग गर्न आम ग्राहक वर्गलाई ५ गज् डुअल ब्यान्ड राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सकिने छ ।

Batas

नविनतम प्रविधिका साथ ग्राहकहरूलाई छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको छ । क्लासिक टेकले नेपालमै पहिलोपल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र ट्रिब्यान्ड राउटरको साथमा टाकियन १ जिबिएस इन्टरनेट सेवा भित्राउने घोषणासमेत गरेको छ । वाईफाई ६ का साथमा टाकियन १ जिबिएस इन्टरनेट प्रविधि भित्राउन अन्तिम परीक्षण भइरहेको छ । वाईफाई ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटि, बिम्फोमिङ, एमयु-एमआइएमओलगायतका सुविधाहरू रहने छन् ।

दुर्गमदेखि सुगमसम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.