www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका बेपत्ता ८ बर्षिय प्रयासको हत्या

पोखरा , ताण्डव न्यूज ।

गत मंगलबार राजधानीको गोंगबुबाट हराएका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको छ ।

पर्वत बिहादी गाउँपालिका २ बर्राचौर घर भइ हाल गोंगबुमा होटल व्यवसाय गर्दै आएका प्रवीण कुँवरका छोरा प्रयासको आफ्नै होटलको कर्मचारीले हत्या गरेको तथ्य खुलेको छ । होटलको गाडी चलाउने ड्राइभर महेन्द्र सार्कीले प्रयासको अपहरण पछि हत्या गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Batas

महानगरीय अपराध महाशाखाका अनुसार २२ वर्षीय सार्कीले काम राम्रोसँग नगर्ने ,सधैंजसो काममा ढिलो पुग्ने गरेपछि सञ्चालक कुँवरले सार्कीलाई कामबाट निकालिदिने धम्की दिइरहेका थिए।

सोही चेतावनीको ‘रिस फेर्न’ सार्कीले उनका छोराको अपहरण योजना बनाएको महाशाखा प्रमुख धीरजप्रताप सिंहले बताए।सिंहका अनुसार मिठाइ खुवाउने भनेर फकाएर सार्कीले बालकलाई उठाएका थिए। त्यसैदिन राति रानीबारीको जंगल लगेर सार्कीले बालकको घाँटी थिचेर हत्या गरेको सिंहले बताए।

हत्यारा सार्कीले आफ्नो अपराध स्वीकार गरेको सिंहले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.