www.tandavnews.com
Fact ~ In search of truth

म उपाधि जित्न बार्सिलोना आएको हुँः काउटिन्हो

ब्राजिलियन फुटबलर फिलिप काउटिन्होले आफू उपाधि जित्न बार्सिलोना आएको बताएका छन् ।
काउटिन्हो लिभरपुलबाट क्याटलोनिया आएका छन् । उनले भने, सबैलाई थाहा छ कि म बार्सिलोना आउन चाहन्थेँ । समरमा सम्भव भएन तर, विन्टरमा सफल भयो ।’
‘म साँच्चै ठूला उपाधि जित्न चाहन्छु । यहाँ आउनुको एउटा कारण यो पनि हो ।’
बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले काउटिन्होलाई कुन पोजिसनमा खेलाउँछन् अझै प्रष्ट भएको छैन । तर, काउटिन्हो भने जुन पोजिसनमा पनि खुसी छन् ।
प्रशिक्षकले जहाँ भन्छन्, त्यही पोजिसनमा खेल्छु, उनले भने, बार्सिलोनामा सबै कुरा भिन्न छ । मलाई लाग्छ धेरै समय देब्रेमा खेल्नुपर्छ । तर, म त्यसलाई आत्मसाथ गर्छु ।’
उनी बार्सिलोना आएको एक महिना पनि भएको छैन र भर्खर उनले खेल्न थालेका छन् । तर, बार्सिलोना आउने आफ्नो निर्णय सही भएको उनलाई लागेको छ ।
एक टीभी अन्तर्वार्तामा उनले भनेका छन, ‘हामी मेस्सी र स्वरेजको नजिक बस्छौं । यो सुखद हो कि उनीहरुले मलाई स्वागत गरे ।’

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.