www.tandavnews.com
Fact ~ In search of truth

पर्वले राष्ट्रिय एकता सुदृढ गर्न सघाउछ :राष्ट्रपति भण्डारी

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताएका छन् ।

इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उनले परम्परागत पर्वले आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

सन्देशमा काठमाडौँ उपत्यकालगायत स्थानमा मनाइने धार्मिक–सांस्कृतिक महत्वको कुमारी इन्द्रजात्रा पर्वको शुभअवसरमा स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

‘‘सांस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्न सबै एक जुट हुन सकौँ । प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको यस पर्वले प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी इन्द्रजात्राको शुभकामना व्यक्त गर्दछु’’, उनले सन्देशमा भनेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.