www.tandavnews.com
Fact ~ In search of truth

पानीकै लागी दुई घण्टा हिंड्नुपर्ने समस्याबाट मुक्ति

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

गाउँमा खानेपानीको अभाव भएपछि २ घण्टा हिँडेर पानी ओसार्नुपर्ने अवस्थामा रहेको पर्वतको महाशिला गाउँपालिका १ होश्राङदीका स्थानीयलाई अब भने यो समस्याबाट मुक्ति मिलेको छ ।

पश्चिम नेपाल खानेपानी योजना अन्तर्गत दोस्रो चरणमा सञ्चालित होस्राङ्दी खानेपानी तथा सरसफाई योजना मार्फत खानेपानीको सहज आपूर्ति भएपछि दशकौँदेखि पानी अभावको पिडामा बाँचीरहेका जमपुर, गढी र पैयूँकोटका स्थानीयलाई अब भने राहत भएको छ ।

१ करोड ७७ लाख ८ हजार ३ सय ३१ रुपैयाँ लागतको आयोजना नेपाल र फिनल्याण्ड सरकारको सहयोगमा निर्माण गरिएको हो।
आयोजनामा २५ प्रतिशत अर्थात ४२ लाख बराबर स्थानीय उपभोक्ताले जनश्रमदान गरेका छन । आयोजनामा एक घरधुरी अर्थात लाभग्राहीले ९० दिनसम्म श्रमदान गरेको वडाध्यक्ष ईश्वरी भूषालले जनकारी दिए ।

आयोजनामा लिफ्ट मार्फत पानी तानेर वितरण गरिएको छ । विद्युतको प्रयोग गरेर लिफ्टबाट पानी तान्दा उपभोक्तालाई भने महंगो गरेको वडाध्यक्ष भुषालको भनाई छ ।

‘लिफ्ट खानेपानी विद्युत महशुल प्रति युनिट ९ रुपैयाँ लाग्दा मासिक ५ सय रुपैयाँ बिल उठ्नाले महँगो भयो ।’ उनले भने ।होस्राङ्दी खानेपानी तथा सरसफाई योजनाको शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका छन ।

योजनाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिना गाउँमा खोनपानी योजना निर्माणका क्रममा स्थानीयले गरेको जनश्रमदानप्रति धन्यवाद दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.