पोखरा
ताण्डव न्यूज ।
लेकसाइड खपौँदीमा अल्फन्जो रिर्सोट सञ्चालनमा आउने भएको छ । दशैको अवसर पारेर असोज २४ देखि सञ्चालनमा आउन लागेको सञ्चालकले जानकारी दिएका छन् ।
विदेशी पर्यटकहरुसंगै आन्तरिक पर्यटकहरुलाई पनि लक्षीत गरि रिसोर्ट सञ्चालन गर्न लागेकोसञ्चालक सुबास भट्टराईले बताए ।
‘सबै ग्राहकहरुको रोजाइलाई मध्यनजर गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको हो’ उनले भने, ‘अल्फन्जो नयाँ कन्सेप्टमा बनेको रिसोर्ट भएकाले सबैले मन पराउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’
५ रोपनीमा रहेको रिसोर्ट लगभग ४ करोडको लागतमा समपन्न भएको हो । रिसोर्टमा स्वीमिङ प्रेमीहरको लागि स्वीमिङ पुल समेतको व्यवस्था गरिएको छ ।
हरेक किसिमका खानाहरुसंगै हरेक साँझ लाइभ म्युजिकमा रमाउन सकिने र हरेक १५ दिनमा विभिन्न इभेन्टहरुको आयोजना समेत हुने आयोजकले जनाए ।
विहान ७ बजे देखि बेलुका १०ः३० सम्म खुला रहने रिसोर्टमा २८ जना स्टाफहरु छन् । ग्राहकहरुको सुविधाको लागि ८ वटा रुमको व्यवस्था गरिएको छ ।
रुखमा बसेर विभिन्न परिकारहरुको स्वादसहित फेवातालको दृश्यमा रमाउन सकिने वातावरण अल्फन्जोले तयार पारेको छ ।
रिसोर्टमा बस्नेलाई क्याम्प फायर, साथै विशेष छुटको व्यवस्था गरिएको छ भने ओपनिङका अवसरमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.