www.tandavnews.com
Fact ~ In search of truth

होम आइसोलेसनमा बसेकी संक्रमित वृद्धासहित पोखरामा कोरोनाबाट २ जनाको ज्यान गयो

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज होम आइसोलेसनमा बसेकी एक संक्रमित वृद्धासहित दुई जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

ज्यान जानेमा वडा ७ की वृद्धा र वडा १४ का एक अर्धवैशे पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।वडा नं ७ का ७९ वर्षीय बृद्धा होम आइसोलेसनमा रहेको अवस्थामा आज बिहान निधन भएको हो । उनमा यहि बैशाख ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

Batas

निर्देशनालयको अनुसार पोखरा महानगरपालिका–१४ का ४३ बर्षीय पुरूषको हिजो बेलुका ७ः३० बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । उनमा बैशाख ७ गते गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.