www.tandavnews.com
Fact ~ In search of truth

महानगरलाई भण्डारीको चुनौती, ‘मापदण्ड विपरीत भए भत्काउन तयार छु’

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजार स्थित तमु धिं मार्गका राजेन्द्र भण्डारीले घर मापदण्ड विपरीत भए भत्काउन तयार रहेको बताएका छन् । भण्डारीले महानगरले नै अनुमति दिएर, नक्सा पास गरेर घर बनाएको जनाउँदै महानगरले पेश गरेको प्रतिवेदन नै ताण्डव न्यूजलाई उपलब्ध गराए ।

महानगरबाटै खटाइएको इञ्जिनियरले भण्डारीको गल्ती नभएको पुष्टि गरेको छ ।

Batas

२०७४ जेठ ४ गते महानगरका जुनियर इञ्जिनियर नेत्रप्रसाद तिमिल्सेना र अमिन दिवाकर सुवेदीद्धारा तयार पारिएको स्थलगत निरिक्षण प्रतिवेदन अनुसार राजेन्द्रले आफ्नै जग्गामा मापदण्ड पालना गरेर घर बनाएको उल्लेख छ ।

यसबारे ताण्डव न्यूजले मंगलबार मेयर मानबहादुर जिसीसँग बुझ्दा राजेन्द्र भण्डारीकै गल्ती रहेको बताएका थिए ।

तर, महानगरले नै दिएको प्रतिवेदनमा गल्ती नभएको उल्लेख छ ।

 

यो पनि पढ्नुहोस्

राजेन्द्र भण्डारीले किर्ते गरेर भवन निर्माण सम्पन्न पत्र लिएपछि…

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.