www.tandavnews.com
Fact ~ In search of truth

मौलिक सत्कार नै घान्द्रुकको पहिचान

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक अतिथि सत्कारबाटै उच्च पहिचान बनाउन सफल भएको छ ।‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो शृङ्खलाका प्रतिस्पर्धीले घान्द्रुक घुमी पोखरा फर्केपछि त्यहाँ ‘कसरी अतिथिको सत्कार गरिन्छ भन्ने कुरा नजिकबाट सिक्न पाएको बताएका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको सो स्थान अतिथि सत्कारकै कारण पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक संस्था ‘एपी इन्टरटेनमेन्ट’का प्रवन्ध निर्देशक अर्जुन पाण्डेले घान्द्रुकमा पाहुनाको सत्कार गर्ने तरिका सिक्न पाइने भएकाले प्रतिस्पर्धीलाई घान्द्रुक भ्रमण गराइएको बताए ।घान्द्रुक पुगेका प्रतिस्पर्धीले जुनसुृकै बेला पनि ‘हस्पिटालिटी’ आवश्यक भएको बताएका र उनीहरूले स्थानीय समुदायसँग निकै रमाइलो गरेको पनि उनले उल्लेख गरे ।

उक्त शृङ्खला अन्तर्गत १८ प्रतिस्पर्धी ‘ग्राण्ड फिनाले’का लागि भिड्दैछन् । आयोजकले प्रतिस्पर्धीलाई बन्द प्रशिक्षणमा राखेर ‘हस्पिटालिटी’का साथै अन्य प्रशिक्षण दिइरहेको छ । त्योबाहेक नेतृत्व र व्यक्तित्व विकासबारे पनि जानकारी गराइने जनाइएको छ । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.