www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा एकै गोठबाट दशैँमा २० लाख आम्दानी

म्याग्दी ।

दशैँका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महीनामा २० लाख बढी आम्दानी गगरेका छन्। म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गरेका हुन्।

व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताए। धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट एकैपटक २० लाख बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उनले बताए।

Batas

दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उनले जानकारी दिए।

गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४०० बढी भेडा छन् । तिहारलाई लक्षित गरी १०० को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उनले ६० लाख लगानीमा भेडापालन सुरु गरेका थिए ।

अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उनले जानकारी दिए । हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन् । छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.