www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, अधिकांश स्थानमा मौसम बदली हुने

पोखरा,
ताण्डव न्यूज ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको बताएको छ ।

केही दिन उल्लेखनीय मौसमी प्रणाली नभए पनि शुक्रबार साँझबाट पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको महाशाखाले जनाएको छ । महाशाखाले शनिबार (आज( बिहान जारी गरेको सूचना अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको तथा तराईमा हुसु÷कुहिरो लागेको छ ।

Batas

यसबाहेक बाँकी स्थानमा भने मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै आज राती सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.