पोखरा
ताण्डव संवाददाता ।
मोटरसाइकल दुर्घटनामा परि पर्वत लेखफाँट–५ घर भई हाल पोखरा–१४ चाउथे बस्ने उमेश पौडेलको ज्यान गएको छ ।

बुधबार साँझ ५ बजेतिर पोखरा १० शिवचोकमा दुर्घटना हुँदा २३ वर्षीय पौडेलको ज्यान गएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इस्पेक्टर दीपक केसीले बताए ।
विजयपुरबाट आउँदै गरेको ग १० प ६१४० नम्बरको मोटरसाइकले शिव चोकमा एक बसलाई ओभर टेक गरेर अघि बढ्ने क्रममा पल्टिदा मोटरसाइकमा सवार पौडेल ना १ ख ३९१० नम्बरको (१४ चक्के) लहरी मुनी पर्न गए ।
लहरी ड्राइभरले ब्रेक हान्दा हान्दै पौडेलको काँधमा अघिल्लो टायरले कुल्चियो । त्यसपछि लहरी ड्राइभरले व्याक गरेर स्थानीयको सहयोगमा पौडेललाई निकालियो ।
त्यहाँका स्थानीयलेनै लहरीको ड्राइभरलाई समस्या आउन सक्छ भनेर स्वयम ट्राफिक प्रहरी कार्यालय पु¥याइदिए ।
पौडेललाई उपचारको लागि अन्नपुर्ण अस्पताल लगियो । त्यहाँ उपचार हुन नसकेपछि पौडेललाई गण्डकी अस्पताल रिफर गरिएको थियो । तर पौडेल बच्न सकेनन् ।
लहरी र ड्राइभरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.