www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा साथी-साथी बीच कुटाकुट, एक घाईते

म्याग्दी,
ताण्डव न्यूज ।

म्याग्दीमा एकआपसमा विवाद भई कुटपिट हुदाँ एक जना घाईते भएका छन् ।

म्याग्दी कोरोला सडक निमार्णमा काम गर्ने २० वर्षीया हेमन्त थापा, २२ वर्षीया रोशन पुर्जा र २५ वर्षीया मन बहादुर पुर्जा बीच एक आपसमा विवाद हुदाँ कुटपिट भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । कुटपिटमा संलग्न रोशन र मन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.