www.tandavnews.com
Fact ~ In search of truth

‘राज्यले आर्थिक सहयोग गरिदिए इतिहास रचेर फर्केने छौं’

पोखरा  ।

सन् २०१९ मा मुम्बईमा हुने र्वल्ड डान्स लिगमा टिम नेपालको तर्फबाट भाग लिने प्रतियोगीको छनोट सुरु भएको छ ।

टिम नेपाल मार्फत अमन तामाङको नेतृत्वमा ३५ देखि ५० जना सम्मको समूहले र्वल्ड डान्स लिगमा सहभागीता जनाउनेछन । यो समूह मार्फत र्वल्ड डान्स लिगमा छनोट हुनका लागि डब्लुडिएल नेपाल क्वालिफायरको फेसबुक पेजमा गई आफ्नो नाम र ठेगाना टिपाउन सक्नेछन् ।

Batas

तत् पश्चात इमेल मार्फत भिडियो पठाउनुपर्नेछ । अथवा युट्युबमा भिडियो अपलोड गरी लिङ्क पठाउन समेत सकिने मिरर किङ इन्टरटेनमेन्ट प्रालिका अमन तामाङले जनाए । १६ वर्ष देखि २५ वर्ष उमेर समूहका जोकोहीले टिम नेपालको छनोटका लागि मंसिर महिनाभित्र आवेदन दिन सक्ने तामाङले जनाए ।

यसअघि भारतको भि कम्पनीको आयोजना तथा अमन तामाङको व्यवस्थापनमा मंसिर १ गते पोखरामा भएको र्वल्ड डान्स लिग नेपाल क्वालिफायरको फाइनल प्रतिष्पर्धाबाट तीन टोली छानिएका थिए । आयोजक भि कम्पनीका बर्नन मोन्टेरीयाका उपस्थितीमा प्रतियोगी छनोट गरिएको थियोे । यसरी छानिनेमा सोलो तर्फ काठमाण्डौका नेशन सुस्लिङ मगर, युगलतर्फ बुटबलका हरी गुरुङ र कृष्ण मिश्र र समुहतर्फ धरानको रोयल डान्स एकेडेमी रहेको छ ।

तिनै समूहबाट छानिएका प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै भारतको मुम्बइमा हुने वल्ड डान्स लिगको ग्राण्ड फिनालीमा सहभागीता जनाउनेछन् । उनीहरुको अलावा टिम नेपाल मार्फत अमन तामाङको नेतृत्वमा थप एक समूहले प्रतियोगीतामा भाग लिनेछन् । यसरी वल्ड डान्स लिगमा नेपालको तर्फबाट चार टिमले भाग लिनेछन् ।

चारवटै टिमले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डाको साथमा र्वल्ड  डान्स च्याम्पियनसिपको लागि प्रतिष्पर्धा गर्नेछन् जहाँ विश्वका झण्डै ३० देशका प्रतियोगी सहभागी हुनेछन् ।
र्वल्ड डान्स लिगको ग्राण्ड फाइनल सन् २०१९ मा मुम्बईमा हुनेछ ।

र्वल्ड डान्स लिगको विजेताले गोल्डेन मेडल, ट्रफिको साथमा नेपाली ४० लाख रुपैयाँ बराबर नगद हात पार्नेछ । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगीतामा सहभागीता जनाउने टोलीको प्रशिक्षण तथा जाने आउने खर्चको लागि सरकारले सहयोग गरिदिए सहज हुने तामाङ बताउँछन् ।

‘नेपाल क्वालिफायर गर्दा झण्डै १६ लाखको हाराहारीमा खर्च भयो, अब र्वल्ड डान्स लिगको लागि मुम्बइ जान तथा तयारीको लागि झण्ढै २५ लाख खर्च लाग्छ’ उनी अगाडी थप्छन् ‘राज्यले यसको व्यवस्था गरिदिए प्रतियोगीको ध्यान प्रतियोगीतामा मात्र केन्द्रित हुने थियो जसले उपाधि जित्न सहज हुन्छ’ ।

डान्स प्रतियोगिताको लागि भनेर पहिलो पटक नेपालले र्वल्ड डान्स लिगका सहभागी जनाउन लागेको हो । ‘सरकारले आर्थिक व्यवस्था मिलाइदिने हो भने एउटा इतिहास रचेर फर्केने छौं,’ तामाङ भन्छन्, ‘त्यहाँ गएर नेपालको कल्चर प्रस्तुत गरिनेछ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.