www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति रनिङ शिल्डका विजेताले पाए १५ दिनपछि पुरस्कार !

अर्जुन कार्की
बागलुङ/ताण्डव न्यूज ।

असार २३ र २४ गते बागलुङमा सम्पन्न भएको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडी र विद्यालयलाई १५ दिन पछि हिजो (बुधबार) पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ काश्य पदक प्राप्त गरेको सिगाना मावि पहिलो पटक प्रथम हुँदै शिल्ड प्राप्त गर्यो। सिगाना माविले शिल्ड सहित १५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।यस्तै १० स्वर्ण, ३ रजत र १० काश्य पदक सहित द्धितिय भएको चिल्ड्रेन लाईफ बोर्डिङले १२ हजार रुपैयाँ प्राप्त गर्योभने ६ स्वर्ण, २ रजत र २ काश्य पदक सहित तृतीय भएको रुद्रेपिपल माध्यमिक विद्यालयले ९ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

बुधबार नै प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई र पोखरामा सम्पन्न भएको प्रदेश राष्ट्रपति रनिङ शिल्डमा सहभागि भएका १२ जना खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।उक्त कार्यक्रममा पुरस्कार वितरणपछि बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले खेलकुदकका कारण विद्यार्थीहरु गलत क्षेत्रमा लाग्नबाट जोगिएको बताए ।

उनले खेलकुद स्वास्थ्य र राष्ट्र दुवैका लागि आवश्यकता रहेकाले विद्यार्थीलाई खेलकुदमा समावेश गराउँदा अनुशासनमा रहन सहयोग पुग्ने बताए । सांसद सापकोटाले खेलकुदले देशलाई विश्व सामु चिनाउने भएकाले विद्यालयमा शिक्षासँगै खेलकुदलाई प्राथमिकताका साथ अगाडी बढाउन आग्रह गरे ।

जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष धन बहादुुर परियारलेसवै विद्यालयमा एक खेलकुुद शिक्षक अनिवार्य गर्नुपर्नेमा बताए । उनले विद्यालयमा खेलकुद शिक्षक नभएसम्म राम्रा र दक्ष खेलाडी उत्पादन गर्न नसकिने बताए।

प्रतियोगतामा एथ्लेटिक्स तर्फ छात्र र छात्राको १ सय, २ सय, ४ सय, ८ सय, १५ सय मिटर, ३ हजार मिटर र रिले तर्फ ४÷१०० र ४÷४०० मिटर प्रतियोगिता हुनेछभने छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफूटमा छात्र तर्फ १२ पाउण्ड र छात्रा तर्फ ८ पाउण्डमा प्रतिस्पर्धा भएको थियोभने छात्र/छात्रा भलिबल र कबड्डी प्रतियोगिता भएको थियो । यस्तै मार्सल आर्टंतर्फ कराँते, उसु र तेक्वान्दो प्रतियोगिता भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.