www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीमा पैसा लुट्न अज्ञात समुहले गरे गोली हानी एकको हत्या

रुपन्देही ।

रुपन्देहीमा गोली हानी एक व्यक्तिको हत्या भएको छ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी ३५ वर्षीय महेन्द्र कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।हिमालयन बैंक भैरहवाबाट पैसा निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका–५ का कुर्मीको रोहिणी गाउँपालिका–३ वैकुण्ठपुरमा हत्या भएको हो ।

Batas

प्रहरीका अनुसार मृतक कुर्मी श्रीमतीसँग लु९प ८२३५ नम्बरको मोटरसाइकलमा थिए। मोटरसाइकलमै रहेका दुई जनाले गोली हानेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार कुर्मीले हिमालयन बैंकबाट पाँच लाख रुपैयाँ निकालेर घर फर्किँदै थिए। सोही पैसा लुट्न उनीमाथि गोली हानिएको प्रहरीको भनाइ छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.