www.tandavnews.com
Fact ~ In search of truth

विद्यालयमा प्राविधिक विषय पढाउन महापुराण !

पाेखरा 

ताण्डव न्यूज ।

विद्यालयमा प्राविधिक विषयकाे पठनपाठन सुरू गर्नका लागि अायाेजना हुन लागेकाे श्रीम्दभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ– २०७५ को तयारी पुरा भएको छ । पृथ्वीरुपा माध्यमिक विद्यालय परिवार एवमं श्रीम्द भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजनामा हुन लागेको महापुराण तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

Batas

१९ गतेदेखि सुरु हुने महायज्ञमा विभिन्न बाजागाजा सहित कलश (शोभा यात्रा) संगै समुद्घाटन हुने संयोजक रामचन्द्र सापकोटाले बताए । पृथ्वी रुपा माध्यमिक विद्यालको प्राङगढमा हुने महायज्ञको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले गर्नेछन । ‘कार्यक्रम बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म संञ्चालन गरिनेछ,’ सापकाेटाले भने, ‘२० देखि २६ सम्म कथा प्रवचन, २६ गते दिनको ३ बजे भागवतको पुस्तकमा तिलार्पण र ४ बजे लक्ष्यवर्ती प्रज्वलन रात्री जागरण, २७ गते विहान बार्षिक उत्सव समारोह हुनेछ ।’

पढ्ने र पढाइनेले मात्र नभएकाले सिक्ने र सिकाउने वातावरण बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण हुने भएकाले महायज्ञको आयोजना गरिएको विद्यालयका प्रध्यापक महादेव सुवेदीले जानकारी दिए । नाै दिनसम्म हुने महायज्ञमा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलको मुखारवृन्दबाट संगीतमय कथा प्रवचन बाचन हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.