www.tandavnews.com
Fact ~ In search of truth

सरकारले जवाफ नदिएपछि गण्डकी प्रदेशमा कांग्रेसले गर्यो संसद अबरुद्ध

ताण्डव न्युज ।

आइतबार दिउँसो १ बजेका लागि गण्डकी प्रदेश सभामा प्रि बजेट छलफलका लागि सभामुखले यस अघिको बैठकबाट नै संसद बैठक आह्वान गरेका थिए । तोकेको समयमा बैठक सुरु भएन र झण्डै एक घण्टा ढिलो गरी सुरु भयो ।

आइतबारको बैठक जम्मा ३ मिनेट मात्र चल्यो । राष्ट्रिय गानको धुन सकिए लगत्तै सभामुखले बैठक प्रारम्भ भएको जानकारी गराए । सभामुखले बैठक प्रारम्भ भएको जानकारी गराएर आफ्नो भनाई टुंग्याउँदा नटुंग्याउँदै प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले उठेर सांसद अबरुद्ध गरे ।

Batas

सभामुखले भने, ‘माननिय सदस्यहरु बस्नुस् ।’ कांग्रेसका सांसदहरु उठिरहे । मुसुमुसु हाँसिरहेका सभामुख नेत्रनाथ अधिकारीले फेरी भने, ‘माननिय सदस्यहरु बस्नुस्,……. ‘माननिय सदस्यहरु बस्नुस् ।’ तीन पटकसम्म बस्न आग्रह गर्दा समेत कांग्रेसका सांसदहरु उठिरहेपछि सभामुखले बैठक नै जेठ २० गते सोमबारसम्मका लागि स्थगित भएको जानकारी गराए । ‘माननीय सदस्य ज्यूहरु, म यो सदन प्रतिपक्ष दलबाट अबरोध भएको हुनाले भोली २०७६, २ महिना २० गतेसम्मका लागि स्थगित गर्छु ।’

सभामुखले जिम्मेवारी विर्सेको ठाउँ

संसद अबरुद्ध भएको जानकारी गराउँदै संसद बैठक स्थगित भएको जानकारी गराएका सभामुखले के विषयको माग राखेर संसद अबरुद्ध गरेको हो भन्नेबारे प्रमुख प्रतिपक्ष दलको नेतालाई बोल्न समेत दिएनन् । अहिलेसम्मको अभ्यासमा प्रतिपक्ष दलले संसद अबरुद्ध गर्दा प्रतिपक्ष दलको नेतालाई संसद अबरुद्ध गर्नाको कारणबारे बोल्न दिने संबैधानिक अभ्यास रहँदै आएको छ ।

संसद अबरुद्ध गर्नुपर्ने कारण संसदमा भन्न सभामुखले नदिएपछि नेपाली कांग्रेसका संसदिय दलका नेता कृष्णचन्द्र नेपालीले संसद भवन बाहिर रहेका सञ्चारकर्मीहरुलाई भने जानकारी गराए । कांग्रेसले यस अघिकै बैठकमा विभिन्न १२ वटा विषयमा जवाफ माग गरेको थियो ।

बैठक अबरुद्ध केको लागि भनेर संसदमै जानकारी नै भएन त ? भन्ने प्रश्नमा कांग्रेसका संसदिय दलका नेता नेपालीले भने, ‘हामीले अबरुद्ध ग¥यौँ । सभामुख ज्यूले केको लागि अबरुद्ध भनेर जानकारी गराउन नै दिनु भएन सिधै बैठक समापन भएको भनेर घोषणा गर्नु भयो । यसरी आफ्नो जिम्मेवारी विर्सेर गन्तब्यमा पुग्न सकिँदैन । हामी सबैको लक्ष्य एउटै छ समृद्ध प्रदेश बनाउने ।’

उनले गत जेठ १५ गते बसेको बैठकमा सभामुख मार्फत सरकारलाई सोधिएको प्रश्नहरुको जवाफ नआएसम्म बैठक अबरुद्ध भइराख्ने समेत बताए । उनले यस अघि सरकारले गरेका प्रतिवद्धता पुरा नगरेकोले अबरोध गर्न बाध्य भएको पनि बताए ।

प्रतिपक्ष दलले सरकारले कार्यविधि बनाउँदा माननीयहरुलाई संलग्न गराउने भनेर गरेको प्रतिवद्धा भूलेको समेत आरोप लगाएको छ । त्यस्तै पोके बजेट बिनियोजन गर्दा सबै सांसदहरुलाई न्यूनतम एउटा कार्यक्रम दिने भनेर गरेको प्रतिवद्धता पनि भूलेको नेपालीले बताए । कृषि मन्त्रालयले अनुदानको नाममा कार्यविधि नै परिवर्तन गरी आस्थाकै आधारमा रकम बाँडफाँड गरेको प्रति कांग्रेसले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

‘अनुदान हचुवाको भरमा वितरण भएको छ,’ नेपालीले भने, ‘पर्यटन प्रवद्र्धनको नाममा इन्जोयजोन बारे सदनलाई जानकारी गराइएको छैन । डिपीआरको लागि ९ करोड विनियोजन भइसकेको छ । उपभोक्ता समितिको गठन प्रदेश मन्त्रालयमा गरेर पठाइएको छ । प्रदेश सभालाई आवश्यक विजनेश दिन सकेको छैन । बजेट खर्च न्यून छ ।’

उनले आस्थाकै आधारमा ब्यापक कर्मचारी सरुवा गरेको प्रति पनि सरकारको जवाफ माग गरेका छन् । त्यस्तै समानुपातीक र प्रत्यष निर्वाचित सबै सांसदहरुलाई समान अधिकार हुनेगरी निर्वाचन क्षेत्र कार्यक्रम लगायत अन्य कार्यक्रम लागु गर्नुपर्ने कांग्रेसको माग छ । एउटा शिर्षकमा बजेट राख्ने र पछि विनियोजन गरी अन्य कार्यक्रममा नजोड्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ । उनले यसविषयमा संसदमा सरकारले जवाफ नदिएसम्म बैठक स्थगित हुने बताए । आइतबारको बैठकमा मुख्यमन्त्री सहभागि नभएको प्रति पनि प्रतिपक्ष दलको असन्तुष्टि थियो ।

लोकतन्त्रको अपहरण गरियो ः हरिशरण आचार्य

प्रतिपक्ष दलले संसदमा उठेर विरोध जनाइसकेपछि विरोधका कुराहरु भन्न नपाउनु लोकतन्त्रको उपहास र अपहरण भएको नयाँ शक्तिका संसदिय दलका नेता हरिशरण आचार्यले बताए । ‘अबरुद्ध हुने कुरा यो परिस्थीती सृजना हुने कुरा दुखद छ । सबैको सहअस्तित्वलाई स्वीकार्न जरुरी छ । यस अघि देखि नै प्रतिपक्ष दलले राख्दै आएको कुरा, हामी सबैको साझा एजेण्डा हो,’ उनले भने, ‘सरकारले प्रतिपक्ष छँदै छैन भन्ने, सत्ता पक्षको बेन्चलाई मात्रै बुझ्ने हो भने लोकतन्त्रको उपहास यै त हो ।

वास्तवमा कम्यूनिष्ट भन्ने लोकतन्त्रलाई हामी सबै भन्दा सम्मान गर्छाैँ भन्ने जनवादी अर्थतन्त्रलाई सबैभन्दा अगाडी मान्छौँ भन्ने त्यसको उपहास दिने ?’अहिलेसम्मको प्रचलनलाई सभामुखले भूल्न नहुने उनको तर्क छ । ‘अहिलेसम्मको प्रचलनमा प्रमुख प्रतिपक्ष उठिसकेपछि विषय बस्तु के छ भनेर बोल्न दिने केन्द्र देखि प्रदेशसम्मको प्रचलन छ,’ आचार्यले भने, ‘त्यो प्रचलन पनि तोडेर बोल्न समेत नदिने जुन ढंगको लोकतन्त्रको अपहरण गर्न खोजियो यो एउटा सुरुवातको दृष्टान्त हो ।

मैले बुझ्छुकी यो अपरहण लोकतन्त्रको एउटा उपहास गर्दै अपहरण गर्ने शैली अपनाइयो यो नेपालको राजनीतिमा सबै भन्दा गलत इतिहास हो ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.