www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय नाटक महोत्सवमा ‘एन्टिगोनी’ मञ्चन

पोखरा ।

पोखरामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा शनिबार आमन्त्रित नाटक ‘एन्टिगोनी’ मञ्चन भयो ।

प्राचिन ग्रीसेली नाटककार सोफोक्लिजद्धारा इशापूर्व ४४१ ताका थेविजका नाटकहरु अन्र्तगत लेखिएको यो नाटकले दर्शकको नयाँ टेस्ट प्रदान ग¥यो ।

Batas

संसार प्रसिद्ध दुःखान्त नाटकहरु मध्येको एक अनुपम उदाहरण मानिने यो नाटकमा अभिनय गरेका कलाकारको जोश दर्शकको लागि रुचिकर बन्यो । नाटकलाई व्यवस्थित र रोचक बनाउन निर्देशक राजन खतिवडाले गरेको प्रयोगले नाट्यप्रेमीलाई १ घण्टा २० मिनेटको समय वितेको पत्तै भएन ।

नाटकमा सिर्जना सुब्बा, रञ्जना ओली, पुष्कर कार्की, विकाश जोशी, सोमनाथ खनाल, प्रदिपकुमार चौधरी, उमेश तामाङ, अनुजा अधिकारी, पशुपती राई, अनुप न्यौपाने, मिलन कार्की, विक्रम श्रेष्ठ, सुदिप खतिवडा, सागर दाहाल र सञ्जिव राईको अभिनय दमदार थियो । नाटकमा सबै पात्रको महत्व उतिकै हुन्छ भन्ने प्रमाण उनिहरुले अभिनय मार्फत देखाए ।

मण्डला थिएटर नेपालको प्रस्ुततीमा मञ्चन भएको नाटककाअनुवाद सोमनाथ खनाल र विक्रम परियारले गरेका हुन् । एन्टिगोनी नाटक आइतबार दिउँसो १ बजे र साँझ ५ बजे पुनः मञ्चन हुनेछ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैत्र ८ गतेबाट पोखरामा सुरु भएको राष्ट्रिय नाटक महोत्सवमा यस अघि आमीनत्रत नाटककै रुपमा नाटक थाङ्गला मञ्चन गरिएको थियो ।

चैत्र १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने कार्यक्रम संयोजक पुष्कर गुरुङले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.