www.tandavnews.com
Fact ~ In search of truth

सरकारले सगरमाथा सफाईका लागि २ करोड २३ लाख खर्च गर्दै

पोखरा,
ताण्डव न्यूज ।

गर्मी शुरु भएसगै हिमाल आरोहणको सिजन सुरु भएको छ ।

सिजन सुरु भएसगै अहिले ४ सय १५ वटा हिमाल आरोहणका लागि खुल्ला भएको छ। आरोहण खुल्ला गरिएसगैँ विश्वकै अग्लो हिमाल सगरमाथाको सरसफाईमा सरकारले चासो राख्न थालेको छ । सरकारले सगरमाथा सरसफाईका लागि २ करोड २३ लाख खर्च गर्ने भएको छ । सगरमाथा चढ्नेबाट सरकारले लाखौँ रकम उठाए पनि सफाइमा भने खर्च गरेको थिएन । सगरमाथा सफाईमा सरकार सहभागी हुन लागेको यो पहिलो पटक हो ।

Batas

बैशाख १४ देखि जेठ १५ गते सम्मसगरमाथाको सरसफाई संकलन गरिने भएको छ ।सगरमाथामा धेरै पुराना फोहोरहरु रहेको छ र सगरमाथा आरोहणको क्रममा हिउँमा हराएका झण्डै ८० जनाको शव पनि रहेको जनाइएको छ ।

तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.